काठमाडौं/  ९ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार)गरी हत्या गरेको अभियोगमा बारामा  २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा आदर्शकोतवाल गाउँपालिका–८ टोल कोतवाली ठेगाना भएका २० वर्षीय सन्तोष साह कानु र सोही ठाउँ बस्ने ४० वर्षीया शान्ति देवी रहेका छन् । गत पुस २५ गते दिउँसो घरबाट बाख्रा लिई चराउन गएकी ती बालिका बेपत्ता भएकोमा पुस २७ गते दिउँसो आदर्शकोतवाल गाउँपालिका–७ स्थित जमुनी खोलामा शव फेला परेको थियो । बालिकाको शव फेला परेपछि भएको अनुसन्धानमा बालिकाको जबरजस्ती करणीपछि हत्या गरी फालेको खुल्न आएको थियो । घटनामा संलग्न सन्तोष साह र अपराध पुष्टी हुने दशीहरू लोप गर्ने प्रयास गरेकी शान्ती देवीलाई पक्राउ गरेको हो । उनीहरू उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Facebook Comments Box