दमक/ दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीबाट अमेरिका पुनर्वासमा गएका एक जना शरणार्थीले आज (सोमबार) परेको आफनो जन्मदिनमा झापाको कन्काईस्थित कोटिहोममा रहेको पुकार आश्रममा १० हजार बढीको सहयोग प्रदान गरेका छन । केही बर्ष अघि अमेरिकाको टेक्सासमा पुनर्वास भएका डम्बर विश्वाले दमकका होटल व्यवसायी समेत रहेका सामाजिक अभियान्ता काजी राउत मार्फत सो सहयोग रकम आश्रमका बालबालिकाको लागि पठाएका हुन । सो आश्रममा १७ जना शारिरिक अपागंता भएका बालबालिकाहरु मात्रै बस्दै आएका छन । आश्रममा आज राउत मार्फत पठाइएको सो रकमबाट विभिन्न खाद्यन्न सामग्री खरिद गरि हस्तान्तरण गरिएको हो । विश्वाले आफनो जन्मदिनमा हरेक बर्ष विभिन्न आश्रममा रहेका असहाय तथा विपन्नहरुलाई सहयोग गर्दै आएका छन ।

Facebook Comments Box