मच्छड धपाउन बालेको आगोले चार घर खरानी,जलेर एक घाईते , नगदसहित ४ लाख नोक्सानी

Author Nishkarsha News
२०७६ असार १७, मंगलवार १५:५८

 

दमक/झापाको गौरीगञ्ज – २ साविक कोरोबारी ९ का केन्चु ताजपुरीयाको गुहालीमा मच्छड धपाउन बालिएको आगोले जलेर चार घर जलेका छन् ।

kenchu-tajpuriya.jpg

राती अन्दाजी २ बजेतिर गोठबाट निस्किएको आगोका कारण गुहाली, घर, भान्सा घर आदि ४ वटा घर पूर्ण रुपमा जलेका वडाध्यक्ष अघ्नु राजवंशीले जानकारी दिए । आगलागीबाट ताजपुरीयाले मकै बेचेर राखेको नगद १ लाख, अन्नपात, लत्ताकपडा आदि ४ लाख भन्दा बढी मुल्य बराबरको नोक्सानी भएको राजवंशीले बताए । आगो निभाउने क्रममा ताजपुरीयाको हात , खुट्टा समेत जलेका छन् ।

उनको उपचारका लागि गौरीगञ्ज स्वास्थ्य केन्द्रमा पठाइएको वडाध्यक्ष राजवंशीले बताए । आगलागीका कारण् ाताजपुरीयाको ६ जनाको परिवार आफन्तको घरमा शरण लिएर बसेका छन् । पीडित परिवारलाई तत्काल खाद्यन्न सहयोग उपलब्ध गराइएको र थप राहतका लागि बन्दोबस्ती मिलाइने उनले बताए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्