दमक/ मोरङको पथरीशनिश्चरे नगरपालिका–२ का ३३ बर्षीय जय शर्माले आफनै पत्नीलाई कुटेर हत्या गरेका छन ।
हत्या आरोपी शर्मालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार तीन दिन अघि ( पुष ३० गते) शर्माले पत्नी १९ बर्षिया पुजा बिकमाथि निर्घात कुटपिट गरेका थिए । कुटाईबाट घाईते भएकी बि.कलाई उपचारको लागि नोवेल अस्पताल बिराटनगर लगिएको थियो । उनको अस्पातलमा उपचार हुन नसकी मृत्यु भए लगत्तै प्रहरीले पक्राउ गरेर कर्तव्य ज्यान सम्बन्धी मुद्धामा थप अनुसन्धान अघि बढाएको छ ।