दमक/ नेकपा माओवादी केन्द्र दमक नगर कमिटीको नेतृत्व बिद्यार्थी नेता कूल बहादुर बस्नेत ( रवि)ले सम्हालेका छन । बस्नेत अखिल क्रान्तीकारी झापाका पूर्व अध्यक्ष हुन ।
पार्टीको नगर अधिवेशनले बस्नेतको अध्यक्षतामा ६८ सदस्यीय पूर्ण नगर कमिटी आज शुक्रबार घोषणा गरेको हो । कमिटीको उपाध्यक्षमा कृष्ण गोले, नवराज सुवेदी र संगिता सेरेङ चयन भएका छन् भने सचिवमा घनश्याम न्यौपाने, सहसचिवमा हिम अधिकारी र कोषाध्यक्षमा यामजी श्रेष्ठ निर्वाचित भएका छन । अखिलेश्वर लाल दासको संयोजकत्वमा रहेको नगर निर्वाचन समितिले औपचारिक कार्यक्रमकाविच नव निर्वाचित समितिको औपचारिक घोषणा गरेको हो । सो कमिटीका सबै पदाधिकारी तथा सदस्यहरुको सपथ समेत गराइएको छ ।
दमकस्थित पार्टी कार्यालय बालुवाटारमा भएको कार्यक्रममा नवगठित समितिलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश १ का उपाध्यक्ष विजय साङपाङ, कोषाध्यक्ष रेवतराज पुरी (गगन) प्रदेश समिति सदस्यहरु कर्म पुलामी, भूमिका कोइराला, सन्तोष गौतम, निवर्तमान नगर सचिव तीर्थराज बस्नेत लगायतले कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए । समितिको पूर्ण बैठकले अरु ५ सदस्य थप गर्ने नगर इन्चार्ज बेदु गौतमले जानकारी दिए ।

Facebook Comments Box