उर्लाबारी/ लेटाङ नगरपालिका ९ बसन्त हरियाली सामुदायिक बनबाट भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका ५ का ६० बर्षीय ईन्द्र बहादुर राई रहेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आज बिहान १० बजे अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक बोकेर हिडिरहेको अबस्थामा फेला पारेको हो । उनको साथबाट प्रहरीले लोड भएको भरुवा बन्दुक–३ नाल, बारुद–२ डब्बा, गोली –१८ थान, छर्रा–५ पोका, खुकुरी–१ थान, गेटिस (गुलेली)–१ थान बरामद गरेको छ । पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय लेटाङमा राखेर थप अनुसन्धान शुरु गरिएको जनाइएको छ ।

Facebook Comments Box