दमक/  झापा र धनकुटामा भएका अलग अलग दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब पौने ५ बजे कोशी लोकमार्ग अन्तर्गत धनकुटाको नागढुंगा २ मा बालुवा बोकेको टिपर सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको हो ।

धनकुटाबाट बसन्तपुर तर्फ वालुवा लिएर जाँदै गरेको बा.प्र.०३–००१ क ०५४९ नम्बरको हाइवा टिफर सडकबाट २५ मिटर तल झरेर दुर्घटना हुँदा चालक र सहचालक दुवै जनाको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरुको तत्काल सनाखत हुन सकेको छैन । गाडी मुनी किचरहेको अवस्थामा उनीहरु फेला परेका जनाइएको छ ।

त्यसैगरी झापाको भद्रपुर –४ स्थित भद्रपुर– बनियानि भित्रि सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे१०प ४४१९ नम्बरको मोटरसाइकलले ठक्कर दिदा पैदल यात्री ७७ बर्षिय जगत बहादुर कार्कीको ज्यान गएको हो । बिहिबार बेलुका करिब ७ बजे भएको सो दुर्घटनाका गम्भिर घाईते कार्कीको ओम साई पाथीभरा अस्पतालमा उपचारको क्रममा रातीनै मृत्यु हो ।

Facebook Comments Box