दमक/झापाको कमल ५ मा अवस्थित समाधीस्थल क्षेत्रलाई व्यवस्थित बनाउँदै आदिवासी रंगशाला निर्माणलाई अघि बढाउन आवश्यक कानुनी प्रकृया अघि बढाउने बिषयमा अन्तरक्रियात्मक छलफल गरिएको छ । आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको आयोजनामा बिहिबार समाधिस्थल क्षेत्रको व्यवस्थापनको विषयमा सरोकारवाल, समुदाय, संस्था र सो क्षेत्रका राजनीतिक, सामाजिक अगुवाहरुबीच अन्तक्रियात्मक छलफल कार्यक्रम सम्पन्न गरिएको हो ।
सर्वपक्षीय भेलाबाट समाधिस्थललाई व्यवस्थित गर्न धिरेन्द्र सम्वाम्फेको संयोजकत्वमा देवेन्द्रराज आङदम्बे सदस्य सचिव रहेको ९ सदस्यीय समाधिस्थल व्यवस्थापन समिति निर्माण गरिएको छ । समितिले तत्कालै समाधिहरु व्यवस्थित गर्ने, समाधिस्थालमा अत्यावश्यक शौचालय, मलामी विश्राम घर निर्माण लगायत आवश्यक सरसफाइको काम गर्ने जनाइएको छ । दिर्घकालिन रुपमा समाधिस्थल क्षेत्रलाई सौन्दर्यकरण गर्दै साँस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको प्रतिष्ठानका महासचिव दिपेनवाला राईले जानकारी दिए ।
प्रतिष्ठानका अध्यक्ष हुकुमसिहं राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानकी सल्लाहकार समेत रहेकी संघीय संसद सदस्य महेन्द्र कुमारी लिम्बु, सल्लाहकारहरु नित्यानन्द ताजपुरिया, सुर्य योक्पाङदेन, किराँत राई यायोक्खा झापाका अध्यक्ष ईन्द्रमान चाम्लिङ राई, आदिवासी जनजाती महासंघ झापाका पूर्व अध्यक्ष पारसमणी राई, किरात राई यायोक्खा कमल गाउँ अध्यक्ष सन्तोष राई, किरात याक्थुम चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र लिम्बू , नेपाल तामाङ घेदुङ दमक नगर अध्यक्ष दुर्गा ब्लोन तामाङ, जनता समाजवादी पार्टी, नेपाल कमल अध्यक्ष प्रेम कुलुङ, नेकपा एकीकृत समाजवादी पार्टी कमल उपाध्यक्ष खेम गुरागाई, नेपाली कांग्रेसका वडा नं ४ र ५ सभापति सागर राई, चन्द्रसिं राई, स्थानीय अगुवा राम प्रसाद चाम्लिङ, मनकुमार लिम्बू, देउकुमार नेम्वाङ, घनराज सुब्बा, मान बहादुर राई, टोम बाँस्कोटा, तिर्थ ताजपुरिया लगायतको उपस्थिति रहेको थियो । प्रतिष्ठानकी कोषाध्यक्ष बिष्णु भट्टराईले सञ्चालन गरेको कार्यक्रममा महासचिव राईले सहजिकरण गरेका थिए ।
