दमक/ उर्लाबारी, दमक र कमलमा भएका अलग अलग दुर्घटनामा दुई जनाको मृत्यु हुनका साथै तीन जना घाईते भएका छन । ट्राफिक प्रहरीका अनुसार बुधबार साँझ उर्लाबारी ७ ग्राण्ड होटल नजिकै पूर्व पश्चिम राजमार्गमा पश्चिमवाट पुर्व तर्फ आउदै गरेको को १ च ३६४४ नम्बरको भेन र पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना१३प ७६३२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा उर्लाबारी ४ का २१ बर्षिय पवन लिम्बुको मृत्यु भएको हो । सोही मोटरसाइकलमा सवार उर्लाबारी ४ का ३२ बर्षिय हिरण विक गम्भिर घाईते भएका छन । भने भेन चालक ईलाम चुलाचुली गापा २ का ४५ बर्षिय वकिल कुमार देवान समेत सामान्य घाईते भएका छन ।
त्यसैगरी उर्लाबारी – ३ सोल्टि पुलस्थित पश्चिमबाट पुर्व तर्फ जादै गरेको प्र–१ –०१–०१२ प ७१५२ नम्बरको मोटरसाइकल पुलमा ठोक्किएर अनियन्त्रित भई विपरित दिशाबाट आउदै गरेको को २ त ८२९६ नम्बरको ट्याक्टरमा ठोक्किदा उर्लाबारी – ७ का २२ बर्षिय निश्चल बानियाको घट्नास्थलमानै मृत्यु भएको छ ।
त्यस्तै पाडाजुँगीबाट गौरादह तर्फ जाँदै गरेको म्याजिक भेनको ठक्करबाट कमल ६ मा ३ बर्षिय एक बालक घाईते भएका हुन । इलाम माइ नगरपालिका ३ का बिर बहादुरका ३ बर्षिय छोरा विलना खाती घाईते भएका हुन । उनको विएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।
त्यसैगरी दमक ७ स्थित पशुहाट पूर्व पश्चिम लोकमार्गमा ट्रकमा मोटरसाइकल ठोक्किदा इलाम चुलाचुली २ का २४ बर्षिय सुमन पाण्डे घाईते भएका छन ।

 

 

Facebook Comments Box