दमक/ झापाको दमकस्थित एडभान्स मल्टिस्पेशियालिटी हस्पिटलमा अस्पतालको लापर्वाहीका कारण एक नाबालक शिशुको मृत्यु भएको भन्दै एक समुहले तोडफोड गरेको छ ।
साता अघि बिरामी भएर उपचारका लागि ल्याइएका इलाम चुलाचुलीका डेढ महिनाका एक शिशुको उपचारमा अस्पतालको त्रुटीका कारण आज धरानमा मृत्यु भएपछि आक्रोशित समुहले अस्पतालमा तोडफोड गरेको हो । तोडफोडका कारण अस्पतालको महत्वपूर्ण भागहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ । सो घटनापछि अवस्थालाई सामान्य बनाउने प्रयास स्वरुप इलाका प्रहरी कार्यालय दमकमा अहिले पीडित ( मृतक ) पक्ष र अस्पताल प्रशासनका प्रतिनिधिहरुबीच संवाद शुरु भएको छ ।