कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लायन्स क्लब ३२५ ए वानका एरिया को आर्डिनेटर अजय अग्रवाल, रिजन चियर पर्सन रामचन्द्र बराल र लायन्स क्लबका जोन चियर पर्सन धर्मानन्द भट्टराईले जहाँ आवस्यकता त्यहाँ लायन्स भन्ने नारालाई सार्थक पार्न लायन्स क्लब अफ लखनपुर सक्षम भएको भन्दै प्रसंसा गर्नु भयो ।
बर्ष २०१९/२०२० को अध्यक्षको जिम्मेवारी सम्हाल्दै ज्ञानु पौडेलले आफ्नो कार्यकालमा दुर्घटना सम्बन्धि सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्ने, जुत्ता चप्पल नलगाई र जाडोमा स्वेटर नलगाई स्कुल जानुपर्ने बाध्यता भएका बालबाबालिकाहरुलाई जुत्ता चप्पल र स्वेटर वितरण गर्ने साथै पैसाको अभावमा उपचार गराउन नसकेका बिरामीहरुको उपचारमा सहयोग पु¥याउने लगायतका प्रतिबद्धता जनाउनु भयो । उहाँले कार्यकालको नारा ‘उत्कृष्ट बन्ने प्रयत्न गर्ने, वेईमानी नबन्ने प्रण गर्ने’ तय गरिएको र सोही अनुसार लायन्सको सिद्धान्तलाई अनुसरण गर्दै समाज सेवामा तल्लीन रहने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष प्रमोद दाहालले कार्यकालमा सहयोग गर्ने राजु खड्का, विमल नेपाल, हेमसिंह अधिकारी मुकुन्द कँडेल लगायतलाई मायाँको चिनो समेत वितरण गर्नु भएको थियो ।