दमक/ मोरङको बेलबारी नगरपालिका १ पुरानो बेलबारीमा घरको पर्खाल भत्किए एक जनाको ज्यान गएको छ । ऋषि साहको घरको वाल भत्काउने क्रममा सुन्दरहरैचा नगरपालिका १ का ४५ बर्षीय असोक खवासको मृत्यु भएको हो । प्रहरीका अनुसार आज बिहान ९ बजे घर भत्काउने क्रममा घरको पर्खालले किचेर गम्भिर घाईते भएका खवासको उपचारको लागि नोबेल अस्पताल बिराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।