दमक/अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलसमा बसोबास गर्ने दमकेलीहरुको समुह दमक लसएन्जलस सम्पर्क समितिले दमकका क्यान्सर पीडित युवा उत्तम नेपालको उपचार सहयोगार्थ एक लाख ४० हजार रुपैयाँ सहयोग गरेको छ ।
गोमा खनाल मिश्रको संयोजकत्वमा नेपालको सहयोगार्थ सो रकम संकलन भएको दमक लसएन्जलस सम्पर्क समितिका अध्यक्ष शारदा श्रेष्ठले जानकारी दिइन । हाल लसएन्जलसमा बसोबास गर्दै आएका सुदिप पन्त, भक्त श्रेष्ठ, विशाल नेपाल, झमक निरौला, भरत पोखरेल, रमेश पाठक, योगेन्द्र बिमली, उत्तम थापा, कल्पना पौडेल, सुशीला ढुंगेल, विनिता भट्टराई, शारदा श्रेष्ठ, गोमा खनाल र सञ्जु सापकोटाले सो रकम सहयोग गरेका जनाइएको छ । दमक ८ बालवाटार निवासी क्यान्स पीडित नेपाल अध्ययनका सिलसिलामा जापान रहेकै अवस्थामा रक्त क्यान्सरबाट पीडित भएका हुन । उनी जापानस्थित योकोहामा सिटी हस्पिटलमा उपचाररत रहेका जनाइएको छ ।
