दमक/राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा दमकेली युवा नेता सुरेन्द्र बस्नेत नियुक्त भएका छन । सरकारले परिषदको कार्यकारी उपाध्यक्षमा माओवादी केन्द्रका युवा नेता बस्नेतलाई नियुक्त गरेको हो ।
मन्त्रिपरिषदको आज बुधबार बसेको बैठकले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको प्रस्तावमा अखिल क्रान्तिकारीका तत्कालिन उपाध्यक्ष तथा माओवादी केन्द्र उपत्यका विशेष सचिव बस्नेतलाई परिषदको कार्यकारी उपाध्यक्ष नियुक्त गरेको हो ।
सशस्त्र द्धन्द्धकालमा बस्नेतका एक जना दाजु र एक जना भाईलाई तत्कालिन शाहि सेनाले वेपत्ता बनाएको थियो । उनीहरुको अवस्था अझै अज्ञात छ ।
विद्यार्थी आन्दोलनबाट उदाएका नेता बस्ने लामो समय अखिल क्रान्तिकारीको बरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता थिए । क्रान्तिकारीमा नयाँ नेतृत्व चयन भएसँगै बस्नेत लगायतका नेताहरु पार्टीको केन्द्रीय प्रतिनिधिका रुपमा भर्खरै सम्पन्न महाधिवेशनमा सहभागि भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्ने क्रममा रहेका बस्नेतले राजनीति शास्त्र तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । झापाका स्थायी बासिन्दा तथा भक्तपुरका अस्थायी बासिन्दा बस्नेतका एक दाजु, एक भाई र बुबासमेत अहिले पनि माओवादी केन्द्रका सक्रिय राजनीतिमा छन् ।

Facebook Comments Box