विप्लव समुह–प्रहरी गोली हानाहानपछि पुग्यो सेना

Author Nishkarsha News
२०७६ असार १६, सोमबार १४:१६

संखुवासभा / नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच संखुवासभाको सिलिचोङ गाउँपालिका–१ होयङमामा सोमबार बिहान गोली हानाहान भएपछि त्यहाँ नेपाली सेनाले निगरानी बढाएको छ ।

घट्नास्थलमा सेनाका तीनवटा हेलिकोप्टर पुगेका छन् ।
नेपाली सेनाको हेलिकोप्टरले गोली हानाहान भएको सिलिचोङको क्षेत्रमा हवाई गस्ती गरिहेको सुरक्षा स्रोतले जनाएको छ । हेलिकोप्टर मार्फत काठमाडौँबाट प्रहरीको थप टोली पनि सो ठाउँमा पुरयाइएको छ ।

स्रोतका अनुसार सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५÷२५ जनाको बेग्लाबेग्लै टोली सेनाको एमआई १७ हेलिकोप्टरबाट संखुवासभामा उतारिएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्