दमक/ सरकारले भोली (बिहिबार) देशैभर लागू हुने गरी सार्वजनिक बिदा दिएको छ । १५ पुषमा पर्ने तमु ल्होसार पर्वको अवसरमा बिहिबार देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिइएको गृह मन्त्रालयद्धारा बुधबार जारी सूचनामा उल्लेख छ । मन्त्रीपरिषदको बुधबारको निर्णय अनुसार सो दिन सार्वजनिक विदा दिइएको मन्त्रालयका उपसचिव शोभाखर रेग्मीद्धारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

Facebook Comments Box