दमक/ सुनसरीको कोशी गाउँपालिका–१ बाट पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ४ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा कोशी गाउँपालिका–१ स्थित बि.एस. होटलबाट भारत बिहार अररिया, बासमटियाका ३५ बर्षिय बिधानन्द राम र २४ बर्षिय हासिम अंसारीलाई पेस्तोल सहित पक्राउ गरेको हो ।
होटलको कोठा भाडामा लिएर बसिरहेका उनीहरुले ओछ्यानमा लुकाएर राखेको अवस्थामा पेस्तोल २ थान, म्याग्जिन ४ थान, ठ.टछ mm को गोली ३ राउण्ड बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाका बिषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

Facebook Comments Box