दमक/ दमकका स्थायीबासिन्दा युवा ब्यवसायी दिवस राईले इलामको कन्याममा कन्याम थकाली किचन एण्ड बारको शुरुवात गरेका छन । दमकको थकाली किचनपछि व्यवसाय विस्तारका क्रममा विर्तामोडमा केही समय अघि व्यवसाय शुरु गरेका उनले तेश्रो आउटलेटको रुपमा पर्यटकीयस्थल कन्याममा सो व्यवसाय शुरु गरेका हुन ।
पुर्वमा थकाली खानाका लागि उनले शुरु गरेको थकाली किचन लोकप्रिय रहेको छ । राईले पर्यटकीयस्थल कन्याममा स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि लक्षित गरेर कन्याम थकाली किचन एण्ड बारको शुरुवात गरिएको बताए ।
कन्याममा आकर्षक भ्यू हेरेरे यहाँ आएर खाना खाने तथा बारको सुविधा लिन सक्ने उनले बताए । राईले आफ्नो ब्यवसायलाई आफु आधुनिक मोडलमा फ्रेन्चाईजी तवरले अघि बढाउने सोच रहेको पनि बताउदै आएका छन ।
