पाँचथर/  पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ ईम्बुङका ईन्द्र कुमार नेम्बाङले आफनै पत्नीलाई लोहोरोले हिर्काएर हत्या गरेका छन ।
पौष ९ गते दिउँसो ४ बजे सामान्य घरायशी बिषयमा बादबिबाद हुँदा रिशको आवेगमा उनले आफ्नै श्रीमती ४५ बर्षीया जिवन कुमारी नेम्वाङलाई लोहोरोले टाउकोमा प्रहार गरेर हत्या गरेका हुन । प्रहारबाट घाईते भएकी नेम्बाङको बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आईतवार मृत्यु भएको हो । नेम्बाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Facebook Comments Box