ताप्लेजुङ/ ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको आयोजनामा प्रथम अध्यक्ष कप अन्तर पालिका स्तरीय नकआउट भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगिताको उपाधी सिदिङ्वा गाउँपालिकाले जितेको छ । प्रतियोगितामा फुङ्लिङ नगरपालिका उपविजेता भएको छ बिजेता टिमलाई नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहित २६१ तोला चाँदीद्वारा निर्मित सिरिजङ्घा लिपि अङ्कित रनिङ ट्रफी, उपविजेता टिमलाई नगद रु. १ लाख ५१ हजार १ सय ५१ सहित ट्रफि प्रदान गरिएको छ । ति पुरस्कार सिरीजङ्घा गाउँपालिका अध्यक्ष टिका गुरुङले विजेता तथा उपविजेता टिमलाई हस्तान्तरण गरेका थिए । सेमीफाइनल खेल्ने दुई वटा टिमलाई सान्त्वना पुरस्कार स्वरुप नगद रु. ५५ हजार ५ सय ५५ सहित ट्रफी उपलब्ध गराइएको थियो । प्रतियोगितामा ताप्लेजुङ जिल्लाभरिका ९ वटै स्थानीय तहबाट भलिबल टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा सिदिङ्वा गाउँपालिकाका खेलाडी प्रवीण न्यौपाने सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन । उनले नगद १० हजार, ट्रफी र मेडल पाएका छन । पुष ९ देखि ११ गते सम्म संचालन भएको प्रथम अध्यक्ष (कप) २०७८ को भलिबल प्रतियोगिता आईतबार सम्पन्न भएको थियो ।

Facebook Comments Box