दमक/ दमक ३ मा जारी वडाध्यक्ष कप फुटबल प्रतियोगितामा आज (आइतबार) फाइनल खेल हुँदैछ । प्रतियोगिताको उपाधीका लागि आज आयोजक दमक ३ को वडा खेलकुद बिकास समिति र पथरी स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यस अघि अन्तिम सेमिफाइनलमा सामाजिक युवा क्लब काठमाडौंलाई हराउँदै आयोजक फाइनलमा प्रवेश गरेको हो भने मंगलबारे ११ लाई हराउँदै पथरी स्पोर्टिङ क्लब फाइनलमा पुगेको थियो । प्रतियोगिताको विजेता टिमले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने दमक ३ को खेलकुद बिकास समितिले जनाएको छ । वडाध्यक्ष नबिन बरालले त्यहाँ निर्माणाधिन प्रस्तावित मदनभण्डारी रंगशालालाई अन्तराष्ट्रियस्तरको रंगशालाका रुपमा बिकास गर्न र खेलकुदलाई व्यवसायिक बनाउन र खेलका माध्यमबाट युवाहरुलाई रचनात्मक क्षेत्रमा परिचालन गर्न यस किसिमका प्रतियोगिताहरुलाई स्थानीय सरकारले प्राथमिकता दिएको बताए ।

 

Facebook Comments Box