बिर्तामोड/ रोयल स्पोर्टिङ क्लब दमक तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आयोजक बिर्तामोड फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै  दमक ४–२ ले विजयी भयो ।

खेल अवधिभर दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । पहिलो हाफमा दुई टोलीले सामान्य खेल खेले पनि दोस्रो हाफमा आयोजक केही आक्रामक देखिएको थियो । खेलको प्लेयर अफ द म्याच दमककी गोलरक्षक सजिया भइन् । उनलाई आयोजक बिर्तामोड फुटबल क्लबका अध्यक्ष डिके गुरुङले नगद प्रदान गरे ।  दोस्रो संस्करणको प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

Facebook Comments Box