शिवसताक्षी / दोस्रो शिबसताक्षी भेट्रान फुटबल प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । प्रतियोगिताको उदघाटन खेलमा वडा नं ८ ले बिजयी सुरुवात गरेको छ । शिबसताक्षी १ स्थित प्रस्तावित फुलबारी रंगशलामा आयोजित प्रतियोगितामा वडा नमबर ६ लाई ० को बिरुद्ध १० गोलको भारी गोल अन्तरले पराजित गदै वडा नम्बर ८ ले बिजयी यात्रा सुरु गरेको हो । खेलको सुरुवाती देखि नै आक्रमक रुपले खेल पस्केको वडा नम्बर ८ ले खेल अवधिभर जस्तो गोल आफ्नो नियन्त्रणमा लिएको थियो । खेलको १५ आंै मिनेटमा बिजेता टिमको तर्फबाट केसन्त शेर्माले गोलको खाता खोलेका थिए । त्यसपछि २० मिनेटमा उनले दोश्रो गोल गरे । कम्जोर रक्षापंक्तिको फाइदा उठाउदै सन्तोष शेर्माले २४ औ मिनेटमा तेस्रो गोल गरे । पहिलो हाफमा ४ गोलले अग्रता रहेको वडा नम्बर ८ ले दोस्रो हाफमा थप ६ गोल गरि गोल अन्तर १० – ० को भारी अन्तर बनाए । जसमा जर्सी नम्बर ७ का केशन शेर्माको ब्यतिगत ५ गोल गर्न सफल भए भने जर्सी नम्बर ११ का सन्तोष शेर्माले ४ र जर्सी नम्बर १० का बमबहादुर राईले १ गोल गरेका थिए । आजको खेलको म्यान अफदि म्याच बिजेता टिमका शेर्मा घोषित भए । प्रतियोगिता अनुसार भोली २ खेल हुने आयोजकले जनाएको छ । जस अनुसार पहिलो खेल १ बजे वडा नम्बर १ भर्सेस वडा नम्बर ४ बजे हुनेछ भने दोस्रो खेल ३ ब बजे वडा नम्बर ९ भर्सेस वडा नम्बर ७ बिच हुने आयोजक समितिका अध्यक्ष लिलाबहादुर जोशीले जानकारी दिए । उनका अनसार प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपबिजेताले नगद ३० हजार सहित मेडल ट्रफि र प्रमाणपत्र पाउने छन ।
शिबसताक्षी भेटान क्लबको आयोजनामा सञ्चालित सो प्रतियोगितामा वडा नम्बर ५ बाहेकका १० वडाको सहभागिता रहने आयोजकले जनाएको छ । खेलको उदघाटन शिबसताक्षी नगरपालिकाका प्रबतmा तथा वडा नम्बर ७ का वडाध्यक्ष नबिन इजमले गरेका थिए ।

Facebook Comments Box