दमक/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको छैटौ अधिबेशनले लामो कसरतपछि सर्वसम्मत रुपमा जिल्ला समिति चयन गरेको छ । अधिवेशनले जिल्ला अध्यक्षमा भुमिका फियाक सुब्बा उपाध्यक्षमा सबिना राई र सचिवमा तिलक योञ्जनलाई चयन गरेको छ । त्यसैगरी सहसचिवमा बिन्दु मुकारुङ, कोषाध्यक्षमा नरेश गुरुङ चयन भएका छन भने सदस्यहरुमा प्रतीक्षा राजवंशी,सुरेश थापा आलेमगर, डिल्लीश्वर लिम्बू, –एकराज प्रधान, सुजन प्रधान र धनकुमार लावती चयन भएका छन ।
अधिवेशनले प्रादेशिक महाधिवेशन प्रतिनिधिहरुमा सेसेहाङ फियाक, कविध्वज राई, सजन राई, सनिला राई, सर्णीमा राई, सुमन बेघा, मिना नेम्बाङ,निरन राई, लीला राई, सौरभ मुखिया ए र सौरभ मुखिया बीलाई चयन गरेको छ । त्यसैगरी संघीय महाधिवेशन प्रतिनिधिहरुमा गणेशमान मुखिया, यज्ञराज आङदेम्बे ( विष्णु सुब्बा), रमेश समदर्शी, देशराज नेम्बाङ, भारती राई, विशाल नेम्बाङ र आनन्द गुरुङ निर्वाचित भएका छन । एक साता अघि उदघाटन भएको अधिवेशनको बन्द सत्रमा सर्वसम्मत नेतृत्व चयनको लामो कसरत भएको बताइएको छ ।
