दमक/दमक नगरपालिका–१ स्थित रतुवा खोलाको बगरबाट गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम माङसेवुङ गाउँपालिका–६ का ४६ बर्षिय बिर कुमार राई रहेका छन ।
अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले खोला बगरमा शंकास्पद अवस्थामा हिडिरहेका राईलाई सोधपुछ गरेर झोलामा हेर्दा ८ किलोग्राम १६० ग्राम अवैध गाँजा बरामद भएको हो । इलाका प्रहरी कार्यालय दमकले उनीमाथि झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box