झापा/ झापाको कचनकवल गाउँपालिका -२ स्थित सडक खण्डमा दुई ओटा मोटरसाईकल ठोकिएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ  भने  दुइ  जना घाईते भएका छन । मृत्यू हुनेमा झापा कचनकवल गाउँपालिका-४ का ४० बर्षिय शेषलाल राजबंशी रहेका छन ।

आज दिउसो साढे बाह्र बजे WB 74P 9717 नम्वरको मोटरसाईकल र मे. ४प. ९५०० नम्वरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका सोहि स्थानका २७ बर्षिय शिवलाल माझी र ४४ बर्षिय सजन राजवंशी र ४० बर्षिय शेषलाल राजबंशीको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भईरहेकोमा शेषलालको उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box