दमक/ कांग्रेसका युवा नेता एवं १४ औं महाधिवेशनमा महामन्त्री पदका प्रत्यासी प्रदिप पौडेलले नेपालको राजनीतिक इतिहासमा सबै प्रदेशमा निर्वाचित नेतृत्व स्थापित गर्ने पहिलो पार्टी नेपाली कांग्रेस भएको भन्दै लोकतन्त्रको संस्थागत बिकासमा जोड दिएका छन ।
शुक्रबार प्रदेश २ को समेत निर्वाचन परिणाम बाहिर आएपछि नेता पौडेलले सामाजिक सञ्जाल मार्फत त्यस्तो उल्लेख गर्दै यसले नेपाली कांग्रेस संवैधानिक व्यवस्थाको व्यवहारिक कार्यमा थप अगाडि बढेको पुष्टि भएको पनि तर्क गरेका छन । उनले भनेका छन– हामीले बदलेको राजनीतिक व्यवस्था र निर्माण गरेको संविधानको रक्षा, पालना र व्यवहारिक कार्वन्यन गर्दै लोकतन्त्रको संस्थागत विकास गर्नु हाम्रो दायित्व हो ।
यो ऐतिहासिक कार्य सम्पन्न गर्न र निर्वाचनलाई भव्यताका साथ सम्पन्न गर्न सबै तह र क्षेत्रमा अहोरात्र खटिएको निर्वाचन समितलाई विशेष धन्यवाद दिदैं सबै क्षेत्रबाट भएको सहयोगप्रति उनले आभार समेत प्रकट गरेका छन ।

उनले महाधिवेशन सम्पन्न गर्नु आफैंमा एउटा महत्वपूर्ण र विशेष किसिमको जिम्मेवारी पनि भनेका छन । उनले भनेका छन– अनेक जटिलतालाई चिर्दै हामीले कृयाशिल सदस्यता छानबिन प्रक्रियालाई कुशलतापूर्वक टुङ्ग्यायौं । जसले गर्दा मात्रै हाम्रो अधिवेशन सुनिश्चित भयो र पूर्ण लोकतान्त्रिक विधिबाट १४ औं महाधिवेशन सम्पन्न भएको छ । उनले वैचारिक बहसबाट पार्टीलाई नयाँ उचाईमा पुर्याउन निर्वाचित नेतृत्वको ध्यानाकर्षण गराउँदै शुभकामना दिएका छन ।

 

Facebook Comments Box