दमक/ नेकपा माओेवादी केन्द्रको पूर्वको राजनीतिमा बैचारिक रुपमा अब्बल र कुशल संगठक मानिने पूर्व बिद्यार्थी नेता सीपि कँडारियाले पार्टीको १ नम्बर प्रदेश कमिटीको निर्वाचनमा आफू पराजित भए । दुई दिन अघि विराटनगरमा भएको प्रदेश कमिटीका पदाधिकारीहरुको निर्वाचनमा कँडरियाले प्रदेश कमिटी सचिवमा उम्मेदवारी दिएका थिए ।

कँडरियाले वर्ग संघर्ष र विचार संघर्ष दुवै दृष्टिकोणले एउटै यानका सहयात्री मानेका नेता गणेश उप्रेती (सुशील)संग सचिव पदमा चुनाव लडनुपर्ने परिस्थितिलाई प्राविधिक असामञ्जस्यताको कारण पनि भनेका छन । चुनावी परिणामपछि आफनो फेसबुक वालमा मतदानको परिणामलाई सहज रुपमा लिएको उल्लेख गर्दै विजेता सुशीललाई बधाई तथा शुभकामना दिएका छन । नेता कँडरियाले लेखेका छन– क.सुशील र म करिब दुई दशक देखि बर्ग संघर्ष र बिचार संघर्ष दुबै दृस्टिकोण्ले एउटै यान का सह–यात्री !
पार्टीको कार्ययोजना बमोजिम सम्पन्न प्रथम प्रदेश अधिबेशनबाट निर्वाचित २५१ सदस्यीय प्रदेश कमिटीमा ९ जनाको पदाधिकारी चयनको क्रममा कतिपय प्राबिधिक असामन्जस्यता को कारण मतदान मै जानुपर्ने अवस्था सिर्जना भएपछि प्रदेश सचिव पदमा हामी दुबैजनाको उम्मेद्वारी पर्यो । मतपरिणाम पछि अङ्कमाल सहित अझ गाढा सहकार्यको प्रतिबद्धता सहित! कमरेड गणेश उप्रेती १४८ मत सहित बिजेता बन्नुभयो र म ८३ मत(सम्मानजनक मत) सहित उपबिजेता । कमरेड सुशीलको कार्यकालको शुभकामना!!

उनले पार्टीका प्रतिनिधि मतदाताहरुमा धन्यवादसहित निर्वाचन परिणामले आफूलाई थप उर्जा र पे्ररणा मिलेको र आगामी दिनहरुमा पर्टी र क्रान्तिको हितमा अझ दृढतापुबक लाग्ने सङ्कल्प र प्रतिबद्दता समेत व्यक्त गरेका छन ।

 

Facebook Comments Box