दमक/दमक ३ मा जारी वडाध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार ( आज) भएको पहिलो सेमिफाइनल खेल पथरी स्पोर्टिङ क्लबले जितेको छ ।
मंगलबारे ११ लाई १–० को गो अन्तरले हराउँदै पथरीले जित हात पारेको हो । निक्कै प्रतिस्पर्धात्मक रहेको सो खेलको निर्धारित समय गोलरहित थियो । थपिएको अतिरिक्त समयमा पथरीका निरज परियारले निर्णायक गोल गर्दै खेलको म्यान अफ द म्याचको उपाधी समेत पाए । प्रतियोगिता अन्तर्गत भोली (शुक्रबार) को खेल आयोजक र सामाजिक युवा क्लब काठमाडौंबीच हुने आयोजक दमक ३ को खेलकुद समितिका संयोजक विरेन्द्र चापागाइँले जानकारी दिए ।