दमक/ पिकअपको ठक्करबाट सनुसरीको इनरुवामा एक जनाको ज्यान गएको छ । हिजो बुधबार बेलुका करिब ७ बजे ईनरुवा ६ मधेशास्थित पुर्ब पश्चिम लोकमार्गमा पुर्ब बाट पश्चिम तर्फ जादै गरेको को १ च ९०९१ नम्बरको पिकअपले पैदलयात्री भोक्राहा १ का ५५ बर्षिय रामेश्व उराउलाई ठक्कर दिँदा ज्यान गएको हो । पिकअपको ठक्करबाट गम्भिर घाईते उराउलाई जिल्ला अस्पताल ईनरुवा पठाइएकोमा उपचारको क्रममा राती करिब ८ बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

Facebook Comments Box