दमक/नेपाली कांग्रेसका नविनर्वाचित महामन्त्री एवं युवा नेता विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएपछि आज ( बुधबार) पहिलो पटक गृह जिल्ला झापा आएका छन । केहीबेर अघि चन्द्रगढी विमानस्थलमा आइपुगेका शर्मालाई स्वागतका लागि जिल्लास्थित पार्टी नेता, कार्यकर्ता एवं समर्थकहरु ठुलो संख्यामा चन्द्रगढी पुगेका थिए । विमानस्थलबाट महामन्त्री शर्माले सोझै मेची बहुमुखी क्याम्पसको प्राङगणमा रहेको सहिद राम थापाको शालिकमा पुगेर माल्यार्पाण गरे । सो लगत्तै उनले चन्द्रगढीस्थित महामानव वीपी कोइरालाको सालिकमा पनि उनले माल्यार्पण गरेका छन । सोपछि नेता शर्मा सोझै विर्तामोडस्थित अग्रसेन भवनमा स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्न गएका छन ।

Facebook Comments Box