दमक/ मोरङको लेटाङ नगरपालिका वडा नं ३ कमलपुरस्थित लेटाङ–कानेपोखरी भित्रि पक्की सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्र.न. १–०२–०४४ प ६०१८ नम्बरको मोटरसाइकल खाल्डोमा परेर दुर्घटना हुँदा मोटरसाइकलको पछाडी सवार सोही नगरपालिका वडा नं ५ खेरुवाका २७ बर्षिय जिवन लिम्बुको मृत्यु भएको हो । ट्राफिक प्रहरीका अनुसार चालक अजित लिम्बुको अवस्था सामान्य रहेको छ । हिजो भएको सो दुर्घटनाका घाईते लिम्बुको उपचारका लागि विराट मेडिकल कलेज पठाइएकोमा उपचारका क्रममा रातीनै मृत्यु भएको हो । उनको शव पोसटमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको जनाइएको छ ।