दमक/ मोरङको मिक्लाजुङ गाउँपालिका ६ बाट लागुऔषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ–६ का २६ बर्षिय बिक्रम लावतीको घरबाट १५ ग्राम ५० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका लावतिलाई नापतौल गर्ने यन्त्र , को.३२प ७६०२ नम्वरको मोटरसाईकल मोवाइल र नगद ५ हजार २५ रुपैया सहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box