दमक/ नेपाली कांग्रेस कमल गाउँ उपसभापति तथा सहकारीकर्मी पदम बहादुर निरौलालाई पितृ शोक परेको छ । कमल ५ गुहेश्वरी टोल निवासी निरौलाका बुबा कृष्ण बहादुर निरौलाको सोमबार अपरान्ह सवा ४ बजे उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा ७२ बर्षको उमेरमा निधन भएको हो । उपसभापति निरौला स्थानीय आभाष बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष समेत हुन । उनी पाडाजुँगीस्थित बजरङ्ग टेडर्सका संचालक पनि हुन । स्वर्गीय निरौलाको मंगलबार बिहान १० बजे कन्काई नदीमा दाहसंस्कारका लागि लगिने पारिवारिक स्रोतले जनाएको छ । त्यसैगरी कांग्रेस दमक ८ का क्षेत्रीय प्रतिनिधि एवं दमक बहुमुखी क्याम्पसका उपप्राध्यापक रत्न बहादुर थापालाई पनि पितृ शोक परेको छ ।
थापाका बुबा देवी वहादुर थापाको ८१ बर्षको उमेरमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार निधन भएको हो । उनको मंगलबार बिहान चतरामा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । थापा सुनसरीको तत्कालिन भरौला गाविस वडा नं ६ निवासी हुन । तेह्रथुम जिल्ला साविक हमरजुङ्ग गाविस वडा न.२ फयकमा जन्मिएका थापा २०२० सालदेखि सुनसरीमा बस्दै आएका थिए । स्वर्गीय थापाकी श्रीमती, तीन छोरा, तीन बुहारी , ४ छोरी र १० नातिनातिना छन ।