दमक/दमक ३ मा जारी वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सोमबार ( आज) भएको खेलमा चुलाचुली फुटबल क्लबमाथि आयोजक दमक ३ को वडा खेलकुद बिकास उपसमितिले जित हासिल गरेको छ । निक्कै रोचक प्रतिस्पर्धा भएको सो खेलको मध्यान्तर सम्म गोलरहित अवस्था थियो । मध्यान्तरपछिको खेलमा आयोजकका तर्फबाट सौरभ लिम्बु र सन्देश केसीले एक एक गोल गरेका थिए भने जवाफमा चुलाचुली फुटबल क्लबका तर्फबाट किस्मत लिम्बुले एक गोल गरेका थिए । आयोजक टिमका श्याम मुर्मु सो खेलको म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत भोली ( मंगलबार) पथरी स्पोर्टिङ क्लब र कमल गाउँपालिकाको खेलकुद बिकास समितिबीच खेल हुने आयोजक समितिका संयोजक विरेन्द्र चापागाइँले जानकारी दिए । प्रतियोगिता यही ११ पुष सम्म चल्नेछ ।