दमक/ सुनसरीको गढी गाँउपालिका–५ मा ट्रयाक्टरको डालामा पछाडीबाट मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा गढी गाँउपालिका–६ का २५ बर्षिय निराजन राय रहेका छन् । प्रहरीका अनुसार हिजो शनिबार राती ८ बजे को ३ त ३९ नम्बरको ट्याक्टरको पछाडीको डालामा ठोक्किदा ना ८ प ४३९० नम्बरको मोटरसाईकलका चालक रायको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाईकल पछाडी सवार गढी–६ का २७ बर्षिय अक्षय राय घाईते भएका छन । उनको उपचारको लागि बिराट नर्सिङ होम बिराटनगर पु¥याईएको छ ।