दमक/ झापाको शिवसताक्षी ८ झिलझिलेस्थित पुर्वपश्चिम राजमार्गमा पिकअपले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाईते भएका छन । पुर्बबाट पश्चिमतर्फ आउदै गरेको मे८प ४३ नम्बरको स्कुटरलाई बिपरित दिशाबाट जाँदै गरेको प्र१–०१–००१च ७१२७ नम्बरको पिकअपले ठक्कर दिदा स्कुटर चालक झापा कमल – ४ का अन्दाजी ३६ बर्षिय अनिल बराईली र दमक ५ की ३२ बर्षिया पुनम क्षेत्री घाईते भएका हुन । शनिबार बिहान करिब ११ बजे भएको सो दुर्घटनाका घाईते उनीहरु दुबैलाई उपचारका लागि तत्काल बि एण्ड सी हस्पिटल बिर्तामोड पठाईएको ट्राफिक प्रहरीले जनाएको छ । पिकअप चालक शिवसताक्षी ८ का ४३ बर्षिय वृहस्पती प्रसाई रहेका जनाइएको छ ।
त्यसैगरी आज ( आइतबार) झापाको कन्काई नपा–८ सितल चोकस्थित पुर्व पश्चिम लोकमार्गमा कार पल्टिदा दुई जना घाईते भएका छन । पुर्वबाट पश्चिम तर्फ जादै गरेको बा१३च २३०७ नम्बरको कार आफैं अनियन्त्रित भई बाटोको उतर तर्फ पल्टिदा कार चालक कन्काई ३ का ३३ बर्षिय सुलभ मैनाली र कारमा सवार ३५ बर्षिय सरोज पोखरेल घाईते भएका हुन । उनीहरुको उपचारका लागि विएण्डसी अस्पताल विर्तामोड पठाइएको जनाइएको छ ।