दमक/ झापाको दमक २ का २५ बर्षिय प्रकाश भनिने देवप्रकाश पराजुलीको हत्यामा संलग्न रहेको आरोपमा दमक ७ बाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सुक्ष्म अनुसन्धानपछि सो घटनाका मुख्य आरोपी दमक १ का अन्दाजी २० बर्षिय अर्जुन लिम्बुलाई पक्राउ गरी थप अनुसन्धानका लागि अदालतबाट म्याद थपको आदेश लिएको छ । लिम्बुले २/३ महिना अघि एक युवतीको बिषयमा भएको आफूहरुबीचको झगडाका कारण सो घटना गराएको स्विकार गरेका पनि प्रहरीको दाबी छ । हत्यामा संलग्न लिम्बु पक्राउ परेसंगै बिएण्डसी अस्पताल विर्तामोडमा दुई दिनदेखि रहेको पराजुलीको शव बिहिबार राती दमक अस्पतालस्थित पोस्टमार्टम गृहमा ल्याइएको छ ।
बुधबार राती दमक ६ स्थित रक्षा फेन्सी स्टोरमा कार्यरत पराजुलीको हत्यामा संलग्नको पहिचान गरी तत्काल पक्राउ गर्न दबाब दिदैं पराजुली परिवारले बिहिबार शव बुझन इन्कार गरेका थिए ।
