दमक। नेपाली काङ्ग्रेसको सभापतिका लागि प्रधानमन्त्री समेत रहेका बर्तमान सभापति शेर बहादुर देउवासहित पाँच जनाले उम्मेदवारी दर्ता गराएका छ्न । देउवा सगै बिमलेन्द्र निधी, प्रकाशमान सिंह , डाक्टर शेखर कोइराला , युवराज न्यौपाने र कल्याण गुरुङले सभापति पदका लागि उम्मेदवारी दिएका हुन । काङ्ग्रेस अधिवेशनमा देउवा इतर समुहबाट एक जना मात्रै सभापतिको उम्मेदवार बनाउने भनेर इतर समुहबाट आवाज उठेको भएपनि त्यसमा नेताहरुबीच सहमति जुट्न नसकेपछि अलग अलग उम्मेदवारी दर्ता भएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल भने सभापतिको दाबीबाट पछि हटेका छ्न । उनले काङ्ग्रेस भित्र बीपी, गणेशमान र किशुनजीले गरेको त्याग र  उहाहरुले स्थापित गरेको मूल्य मान्यता सङ्कटमा पर्दै गएको भनि चिन्ता व्यक्त गर्दै आफू सभापतिको पदबाट पछी हटेको र राजनीतिको नेतृत्वमा भने रहि रहने पनि उल्लेख गरेका छ्न ।

Facebook Comments Box