दमक/ समाजवादी पार्टी, नेपाल दमक नगर समितिको समायोजन पश्चात नयाँ कमिटीको शुक्रबार औपचारिक घोषणा गरिएको छ । समायोजनपछि भेषराज भट्टराईको अध्यक्षतामा ६१ सदस्यीय नगर समिति चयन भएको सो पार्टीका जिल्ला अध्यक्ष दिपेनवाला राईले जानकारी दिए । तत्कालिन संघीय समाजवादी फोरमका नगर अध्यक्ष खेम दाहालको अध्यक्षतामा र पार्टीका केन्द्रीय सदस्य तथा १ नं प्रदेशका अध्यक्ष प्रविण चाम्लिङको प्रमुख आथित्यमा दमकमा आयोजित समायोजन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश उपाध्यक्ष उमेश थापा, पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सचिव भरत दाहाल, केन्द्रीय सदस्य तारा शर्मा, झापा जिल्ला अध्यक्ष दिपेनबाला राई, संघिय परिषद सदस्य भवानी आङदम्बे कुमार, प्रदेश सदस्यहरु पदमकुमारी राई, कमन देवान, पवन विष्ट, दिनेस दंगाल, भिमराज राई, सुशील राई, जिल्ला नेता सन्तोष गणेश, प्रदेश क्षेत्र खका अध्यक्ष दिपक न्यौपाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला कोषाध्यक्ष तथा सुज अभियान दमक नगर संयोजक राजु खड्काले गरेका थिए ।

 

Facebook Comments Box