दमक/ झापाको अर्जुनधारा ५ ओम चोकबाट प्रहरीले स्रोत नखुलेको काठबाट बनाइएका काठजन्य सामग्री बरामद गरेको छ । मे १ च २९५० नम्बरको गाडी बिहिबार प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी गस्ती टोलिले शंका लागेर चेक जाँच गर्ने क्रममा सो गाडीमा लुकाई छिपाई ल्याउदै गरिएका सखुवा जातको काठका ८३ थान चौकट र २ थान झ्यालको पल्ला बरामद गरेको हो । परालले छोपेर ल्याउदै गरेको अवस्थामा ति सामानसंगै चालक झापा बुद्धशान्ती गा.पा. वडा नं. २ जयपुरका ३० बर्षिय कुमार बोहोरा र सहचालक ५२ को बालकृष्ण गौचनलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई डिभिजन वन कार्यालय सुरुङ्गामा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
