बिराटनगर/ प्रदेश एकका दुई जिल्लामा भएका अलग अलग दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुनसरी र उदयपुरमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।
हिजो बेलुका साढे ३ बजे सुनसरीको कोशी गाँउपालिका–२ लौकहरीस्थित मधुबन सडक खण्डमा को २ त ९९६७ नम्बरको ट्रयाक्टरले को ३६ प ४०२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा स्थानिय ४० बर्षिय मनोज यादवको मृत्यु भएको हो ।
यसैगरी उदयपुरको त्रियुगा नगारपालिका–११ स्थित बेल्टारबाट गाईघाट आउदै गरेको प्रदेश नम्बर १ –०५–००१ प ३५९२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा स्थानिय ४६ बर्षिय कर्ण सुन्दासको मृत्यु भएको हो । त्रियुगा–१३ राई चौकका चालक २९ बर्षिय बिरेन राईको न्युरो हस्पिटल बिराटनगरमा उपचार भइरहेको छ ।