रोकिएको ट्याक्टरमा ठोक्किएर ज्यान गयो

Author Nishkarsha News
२०७८ मंसिर २१, मंगलवार ११:५६

दमक/ झापामा सोमबार राती पौने ९ बजे भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ती २ का ३५ बर्षिय भिमप्रसाद पौडेल रहेका छन । प्रहरीका अनुसार मेचीनगर नगरपालिका १२ स्थित राजमार्गमा राती पौने ९ बजे रोकिराखेको को १ त ४०१६ नम्बरको ट्याक्टरमा पछाडिबाट मे ९ प ६००३ नम्बरको मोटरसाईकल ठोक्किएर भएको दुर्घटनाका घाईते चालक पौडेलको उपचारका क्रममा विर्तासिटी अस्पताल विर्तामोडमा मृत्यु भएको हो ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्