दमक/ नेपाली कांग्रेसकी नेतृ एवं संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुले आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने जनाउ दिएकी छिन ।   झापाको क्षेत्र नं ५ अन्तर्गतको दमककी स्थायीबासिन्दा सांसद लिम्बुले पार्टीमा आफनो लामो समयदेखिको सक्रियता र योगदानका आधारमा आफूले महिला कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जनाएकी हुन ।

निष्कर्ष न्यूजसंगको टेलिफोन कुराकानीमा सांसद लिम्बुले भनिन– मैंले यो क्षेत्रबाट संविधान सभाको चुनाव पनि लडे । पार्टीले समानुपातिकबाट सांसद पनि बनायो अब पार्टीको केन्द्रीय नेतृत्वमा जिम्मेवारी लिन तयार छु । पार्टीमा आफूले गरेको कामको फेहरिस्त लामो रहेको बताउँदै सांसद लिम्बुले यो क्षेत्रको बिकास र यहाँका बासिन्दाको समस्यामा सधैं म साझेदारी बनेकी छु , पार्टीले मेरो योगदानको मुल्याङकन गर्नेनै छ भन्नेमा विश्वस्त छु । नेपाल महिला संघको केन्द्रिय समितिमा समेत रहेर जिम्मेवारी सम्हालेको अनुभव सांसद लिम्बुसंग छ । उनी प्रजातन्त्रका सेनानी मुगाधन राईकी सन्तान हुन । आफनो बुबाको देश र जनताप्रतिको सेवाको भावनाले आफूलाई राजनीतिमा अघि सारेको बताउँदै भनिन– गरीब, निमुखाहरुको सेवा गर्नुपर्छ भन्ने बुबा आमाको पनि अर्ति उपदेश थियो त्यही अनुसार बुबा आमाको स्मृतिमा प्रतिष्ठान मार्फत पनि जनताको सेवामा लागिरहेकी छु । उनले आफू भोली ( मंगलबार) राजधानी काठमाडौं फर्किने र शीर्ष नेताहरुसंग छलफल गरेर आफनो उम्मेदवारीका बारेमा औपचारिक जानकारी गराउने पनि बताएकी छिन ।

Facebook Comments Box