दमक/ नेपाली कांग्रेस प्रदेश एकको प्रदेश समिति सभापतिसहित सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको छ । सभापतिमा झापाका उद्धव थापा विजयी भएका छन ।
सोमबार बिहान करिब २ बजे सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार संस्थापन समुहको समर्थनमा कृष्ण सिटौला निकट उद्धव थापा विजयी भएका हुन । थापाले ८४४ मत ल्याएका छन भने संस्थापन इतर ( पौडेल–कोइराला समुह) का गुरुराज घिमिरेले दुई मत कम अर्थात ८४२ मत प्राप्त गरेका छन । त्यसैगरी उपसभापतिमा रमेशजंग रायमाझी ( ८९१) र टंक प्रसाद राई (८४७) मत ल्याएर विजयी भएका छन । महामन्त्रीमा भुपेन्द्र राई (८२४) र उमेश थापा (८२३) मत ल्याएर विजयी भए । त्यस्तै सहमहामन्त्री खुल्ला मध्ये सर्वाधिक (१०२६) मत ल्याएर खडग फागो म्यान अफ दि इलेक्सन बन्न सफल भए भने विनोद कुमार बस्नेत (७४७) मत पाएर सहमहामन्त्रीमा नै विजयी भए भने सहमहामन्त्री महिला तर्फ प्रमिला गच्छदार (८३७) मत ल्याएर विजयी भइन । पछिल्लो मत परिणाम अनुसार सदस्यहरुमा समेत संस्थापन समुहकै उम्मेदवारहरुले अग्रता कायम राखेका छन ।