दमक/ पत्रकार महासंघ झापाका साधारण सदस्य कमल ५ पाडाजुँगी निवासी ज्ञानु विष्टलाई मातृ शोक परेको छ ।
ब्लाष्ट टाइम्स दैनिकका संस्थापक/सञ्चालक समेत रहेका विष्टकी ममतामयी माता वलिमाया विष्टको उपचारका क्रममा आज ( आइतबार) अपरान्ह धरानमा निधन भएको हो । उनको आज आइतबारनै साढे ५ बजे कन्काई नदीमा दाहसंस्कारका लागि लगिएको पारिवारिक स्रोतले जनाएको छ ।
