दमक/ दमक १० मा आफनै पतिको कुटाइबाट एक महिलाको ज्यान गएको छ । ४९ बर्षीया घनादेबी आचार्यलाई आफ्नै पति ४५ बर्षिय राम कुमार लिम्बुले कुटपिट गर्दा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार मंसिर १६ गते भएको सो घटनाकी घाईते घनादेबीको बिराटनगरस्थित नोबेल अस्पतामा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई अस्पताल पुरयाएपनि चिकित्सकहरुले उपचार हुन नसक्ने बताएका थिए । कुटपिटमा संलग्न लिम्बुलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । कुटपिटको कारण खुलेको छैन ।