दमक/  नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को एकैदिन कमल र कचनकबल गाँऊ कमिटी गठन भएको छ।   होमवहादुर वरालको अध्यक्षतामा कमल गाउँ कमिटी गठन भएको छ । सो कमिटीलाई प्रमुख अतिथि नेकपा (एकिकृत समाजवादी) का केन्द्रीय कमिटी सदस्य तथा झापा जिल्ला ईञ्चार्ज इन्द्रवहादुर बुढाथोकीले सपथ ग्रहण गराएका थिए ।  भेलालाई जिल्ला कमिटी सचिव मणी भण्डारीले  शुभकामना  दिएका थिए । यसैगरी नेपालको होचो ठाउँ कचनकवल गाउपालिकामा  मेहेरमान राजबँशीको अध्यक्षतामा कमिटी गठन भएको छ ।   ७१ सदस्य कमिटीमा कौसिला न्यौपाने र सहदल मिया उपाध्यक्ष, सचिब दल बहादुर माझी र गौर सिह माझी, भिमा भट्टराई, तुलसा भन्डरी सहसचिब रहेका छन ।  कार्यक्रममा केन्द्रीय सदस्य पुस्प पोखरेलको प्रमुख आतित्थ्यमा र जिल्ला अध्यक्ष बेदराज रेग्मी, जिल्ला सदस्य धर्मसिवाकोटी र आरपि पोखरेल को समेत उपस्थिती रहेको थियो ।

Facebook Comments Box