दमक/ नेपाल बिद्यार्थी संघका पूर्व उपाध्यक्ष तथा तरुण दलका पूर्व केन्द्रीय सदस्य मेदनी प्रसाद सिटौलाले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा आफनो उम्मेदवारी घोषणा गरेका छन ।
साविक महारानीझोडास्थित स्कूलचौन माविमा बिद्यालय तहको अध्ययन सकेपछि काठमाडौंमा उच्च शिक्षा अध्ययनका लागि गएका सिटौलालाई कांग्रेस सम्बद्ध बिद्यार्थी संघका साथै एक कार्यकाल नेपाल तरुण दलको केन्द्रीय सदस्य समेत भएका थिए ।
नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक तहको अध्ययन पूरा गरेका सिटौला कांग्रेसको युवा पुस्तामाझ बैचारिक तथा तार्किक क्षमता भएका नेताका रुपमा परिचित छन । दमक ९ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका सिटौलालाई एमाले अध्यक्ष केपी ओलीको क्षेत्रमा कांग्रेस भित्र रुपान्तरणसहित नेतृत्व दिन सक्ने सम्भावना बोकेको युवा नेताका रुपमा लिँदै कार्यकर्ताहरुले महाधिवेशन प्रतिनिधिमा निर्वाचित गराइसकेका छन । महाधिवेशन प्रतिनिधि चुनिइए लगत्तै उनले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिन सक्ने चौतर्फी चर्चा भएको थियो । काठमाडौंमा रहेर अध्ययनका सिलसिलासंगै राजनीतिक आन्दोलनहरुमा सक्रिय भुमिका निर्वाह गरेका नेता सिटौला यस अघि पार्टीको महासमिति सदस्य थिए । कांग्रेसमा पुस्तान्तरणको बहस तलदेखि माथि सम्म चलिरहेको कारण नेतृत्वको लागि आफनो पुस्ता तयार भइसकेको सन्देश तल्लो तहका अधिवेशनको परिणामले दिइसकेको सिटौला बताउँछन । यो क्षेत्रबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व हुनुपर्छ र त्यसको नेतृत्व युवा पुस्ताले गर्नुपर्छ भन्ने कार्यकर्ताहरुको आवाज भएका कारण आफूले लामो बहस र छलफलपछि उम्मेदवारी दिने निधो गरेको सिटौलाको भनाई छ । दमकमा पत्रकारहरुसंग कुरा गर्दै युवा नेता सिटौलाले भने पार्टीमा सशक्त र जुझारु नेतृत्वको खाँचो छ, कमजोर नेतृत्वले ओलीको एकल दबदबा भएको यो क्षेत्रलाई खोस्न सक्दैन त्यसकारण यहाँ बलियो नेतृत्वको खाँचो देखिायो मलाई विश्वास र भरोसा गर्नुहोस म आम कार्यकर्ताहरुको एमालेलाई परास्त पार्ने सपना साकार पार्न सक्नेछु । उनले आफना प्रतिबद्धताका बुँदाहरु लिखित रुपमा नै सार्वजनिक गर्न तयार रहेको पनि जनाएका छन ।

 

Facebook Comments Box