दमक/ नेकपा माओवादी केन्द्र कमलको पहिलो गाउँ सम्मेलनले युवा नेता रविन गुरुङको अध्यक्षतामा गाउँ कमिटी चयन गरेको छ ।
अध्यक्षका अर्का प्रत्यासी पर्शुराम सुवेदीलाई (३९–१४) मतले हराउँदै गुरुङ निर्वाचित भएका हुन । कमिटीको उपाध्यक्षत्रयमा कमान सिङ शेर्पा ( सागर) र गौरी राई निर्विरोध निर्वाचित भए भने एलबी विष्टले शान्ता दाहाललाई पराजित गरेर उपाध्यक्षमा निर्वाचित भएका हुन । उनी खुल्ला तर्फका उपाध्यक्ष हुन । त्यसैगरी सचिवमा गोविन्द तिवारी निर्विरोध निर्वाचित भए भने सहसचिवमा लक्ष्मी खतिवडाले समाना लामालाई पराजित गरेर निर्वाचित भएका हुन । त्यसैगरी कोषाध्यक्षमा नरमाया तामाङ सुशीला बिकलाई पराजित गरेर निर्वाचित भइन । गाउँ कमिटी ५५ सदस्यीय रहेको जनाइएको छ ।
शनिबार उदघाटन भएको सम्मेलनको बन्द सत्रमा समसामयिक राजनीति, भावी रणनीति र कार्ययोजनाहरुका बिषयमा समेत छलफल भएको अध्यक्ष गुरुङले जानकारी दिए । सम्मेलनको बन्द सत्रमा भएको निर्वाचन कार्यक्रम अनुसार नेतृत्व चयन गरिएको गुरुङले बताए ।
